काठमाडौँ, वैशाख २८ । भारत सरकारले सगरमाथा संवादको पहिलो संस्करणका लागि १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ।
आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय राजदूत नवीन श्रीवास्तवले गाडी हस्तान्तरण गरेका हुन्।
यही मे १६‐१८ मा आयोजित सगरमाथा संवाद सुरू हुँदैछ। मन्त्री राणाले नेपालले आयोजना गरेको सगरमाथा संवादका लागि उपलब्ध गराएको सो सहयोगका लागि भारत सरकारलाई धन्यवाद ज्ञापन गरिन्।
उनले जलवायु परिवर्तन नेपालको मात्र नभएर यस क्षेत्रकै एक साझा चुनौतीका रूपमा रहेकाले यसको समाधानका लागि पनि सबैको आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइन्।
सगरमाथा संवादले जलवायु परिवर्तन सम्बन्धी यस क्षेत्रको साझा समस्याको उजागर गर्दै त्यसको समाधानका उपायहरूको खोजीका लागि समेत सामूहिक प्रयत्नको मोडल तय गर्ने उनले जानकारी दिइन्।
यसमा भारत सरकारको सहयोग उल्लेखनीय रहेको पनि बताइन्।
सगरमाथा संवादको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र अब नेपाल सरकार विदेशी उच्चपदस्थ व्यक्तित्वहरू तथा पाहुनाहरूको स्वागतको प्रतिक्षामा रहेको बताएकी छन्।
राजदूत श्रीवास्तवले भारत सरकारले नेपालको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा पुर्याउँदै आएको सहयोगको चर्चा गर्दै सगरमाथा संवादका लागि सवारीसाधन उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरे। उनले जलवायु परिवर्तनको चुनौती यस क्षेत्रकै साझा समस्या रहेकाले यसको समाधानमा अवलम्बन गरिने उपायहरूमा भारत सरकार नेपालको साथ रहेको पनि बताए।
Published Date: 11 May 2025
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1