काठमाडौं, वैशाख २४ । बुधबार नेप्से परिसूचक ६१.२६ अंकले बढेर २६७२.७० विन्दुमा आएको छ ।
आज १० अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २२७ वटा कम्पनीको सेयर भाउ बढेको छ भने १८ वटाको घटेको छ । एउटा सेयर मूल्य स्थिर छ । यस दिन १३ वटा उपसमूह बढेका छन् । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
आज सबैभन्दा धेरै फाइनान्स समूह बढेको छ । यो समूह ५.५५ प्रतिशतले बढेको छ । हाइड्रोपावर समूह ३.१३ प्रतिशतले बढेको छ । ५ समूह बाहेक अरु सबै सबइन्डेक्स २ प्रतिशत भन्दा धेरैले बढेका छन् ।
बुधबार फाइनान्स र हाइड्रोपावर समूहमा लगानीकर्ताहरु झुम्मिएका छन् । फाइनान्स समूह पछिल्लो केही महिनादेखि तीब्र रुपमा घटेको थियो । कम्पनीहरुको भाउ पनि अत्याधिक घटेको देखिन्छ ।
Published Date: 07 May 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1