बुधबार नेप्से परिसूचक ६१.२६ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक ६१.२६ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, वैशाख २४ । बुधबार नेप्से परिसूचक ६१.२६ अंकले बढेर २६७२.७० विन्दुमा आएको छ ।

आज १० अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २२७ वटा कम्पनीको सेयर भाउ बढेको छ भने १८ वटाको घटेको छ । एउटा सेयर मूल्य स्थिर छ । यस दिन १३ वटा उपसमूह बढेका छन् । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

आज सबैभन्दा धेरै फाइनान्स समूह बढेको छ । यो समूह ५.५५ प्रतिशतले बढेको छ । हाइड्रोपावर समूह ३.१३ प्रतिशतले बढेको छ । ५ समूह बाहेक अरु सबै सबइन्डेक्स २ प्रतिशत भन्दा धेरैले बढेका छन् ।

बुधबार फाइनान्स र हाइड्रोपावर समूहमा लगानीकर्ताहरु झुम्मिएका छन् । फाइनान्स समूह पछिल्लो केही महिनादेखि तीब्र रुपमा घटेको थियो । कम्पनीहरुको भाउ पनि अत्याधिक घटेको देखिन्छ ।

Published Date: 07 May 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली