९५ लाख नगद सहित काठमाडौँबाट ४ जना चार पक्राउ

९५ लाख नगद सहित काठमाडौँबाट ४ जना चार पक्राउ : Icon Khabar

काठमाडौँ, वैशाख २२ । पन्चानब्बे लाख सत्र हजार पाँच सय रुपियाँ नगदसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार साँझ ४ बजे काठमाडौँ महानगरपालिका ९ पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडि सडकमा २ वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा खानतलासी गर्दा उनीहरूबाट स्राेत नखुलेको नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका ३ फेदी घर भएका वर्ष २९ को समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोसी नगरपालिका १ घर भएका वर्ष ४३ को गणेश राई , लमजुङ, दोदी गाउँपालिका ३ घर भएका वर्ष ३१ को सन्तोष गुरुङ र सोही गाउँका वर्ष ३९ को सन्तोष घिमिरे छन् ।

उनीहरूमाथि थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 May 2025
Website | + posts






ताजा
ईपीएस अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
अस्ट्रेलियाली प्रहरीद्वारा जासुसीको आरोपमा चिनियाँ नागरिकमाथि मुद्दा दायर
पोल्याण्डले जित्यो भलिबल नेसन्स लिगको उपाधि
सप्तकोशी पुलमा राखियो रातो झन्डा, २६ ढोका खोलियो




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण