इन्डियन आइडल सिजन १२ का विजेता पवनदीप राजनको कार दुर्घटना

इन्डियन आइडल सिजन १२ का विजेता पवनदीप राजनको कार दुर्घटना : Icon Khabar

मुम्बई, वैशाख २२ । इन्डियन आइडल सिजन १२ का विजेता गायक पवनदीप राजनको आज विहान कार दुर्घटना भएको छ । आज अर्थात मे ५ मा अहमदाबादमा एक गम्भीर सडक दुर्घटनामा परेर गायक राजन घाइते भएका छन् ।

यो दुर्घटना बिहान करिब ९ बजे भएको थियो र गायक गम्भीर रूपमा घाइते भएका बताइएको छ । डाक्टरहरूले उपचार गरिरहेको भिडियो सामाजिक सञ्जालमा पहिले नै भाइरल भइसकेको छ । उक्त भिडियोमा पवनदीप गम्भीर घाइते भएको स्पष्ट रूपमा देख्न सकिन्छ , उनको बाँया खुट्टा र दाहिने हातमा चोट लागेको छ ।

अहिले उनका फ्यानहरु आफ्नो लोकप्रिय गायकको दुर्घटनाको खबर सुनेर चिन्तित भएका छन् । सामाजिक सञ्जालमा उनको छिट्टै स्वास्थ्य लाभको कामना गरिरहेका छन् । दुर्घटनाको कारण खुलिसकेको छैन । यस सम्बन्धमा अनुसन्धान चलिरहेको छ ।

Published Date: 05 May 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग