इन्डियन आइडल सिजन १२ का विजेता पवनदीप राजनको कार दुर्घटना

इन्डियन आइडल सिजन १२ का विजेता पवनदीप राजनको कार दुर्घटना : Icon Khabar

मुम्बई, वैशाख २२ । इन्डियन आइडल सिजन १२ का विजेता गायक पवनदीप राजनको आज विहान कार दुर्घटना भएको छ । आज अर्थात मे ५ मा अहमदाबादमा एक गम्भीर सडक दुर्घटनामा परेर गायक राजन घाइते भएका छन् ।

यो दुर्घटना बिहान करिब ९ बजे भएको थियो र गायक गम्भीर रूपमा घाइते भएका बताइएको छ । डाक्टरहरूले उपचार गरिरहेको भिडियो सामाजिक सञ्जालमा पहिले नै भाइरल भइसकेको छ । उक्त भिडियोमा पवनदीप गम्भीर घाइते भएको स्पष्ट रूपमा देख्न सकिन्छ , उनको बाँया खुट्टा र दाहिने हातमा चोट लागेको छ ।

अहिले उनका फ्यानहरु आफ्नो लोकप्रिय गायकको दुर्घटनाको खबर सुनेर चिन्तित भएका छन् । सामाजिक सञ्जालमा उनको छिट्टै स्वास्थ्य लाभको कामना गरिरहेका छन् । दुर्घटनाको कारण खुलिसकेको छैन । यस सम्बन्धमा अनुसन्धान चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 05 May 2025
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)