आज सुनको मूल्य स्थिर

आज सुनको मूल्य स्थिर : Icon Khabar

काठमाडौँ, वैशाख १९ । शुक्रबार, नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । यस दिन बिहीबार कायम भएको मूल्यलाई नै आधार मानेर सुनको कारोबार हुने भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा प्रतिताेला ४६ सय रूपैयाले गिरावट भएको सुन आज स्थिर भएको हो । गत बुधबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार ९३० रुपैयाँमा किनबेच भएको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

Published Date: 02 May 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली