अब आफू बसेकै स्थानमा स्वास्थ्य बिमा सुविधा लिन सकिने

अब आफू बसेकै स्थानमा स्वास्थ्य बिमा सुविधा लिन सकिने : Icon Khabar

काठमाडौं, वैशाख १८ । स्वास्थ्य बिमा गर्नेले अब आफू बसेकै स्थानमा प्रस्थानविन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थानविन्दु कायम गर्ने गरी स्वास्थ्य बिमा नियमावली संशोधनसम्बन्धी स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरिएको हो ।

मन्त्री पौडेलले यसअघि बिमा गरेको स्थानबाट अन्यत्र गएका व्यक्तिले आफू बसेकै ठाउँमा प्रथमविन्दु कायम गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए । सोहीअनुसार मन्त्रालयले नियमावली संशोधन प्रस्ताव लगेकामा बुधबार (वैशाख १७) को मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरिएको मन्त्री पौडेलले जानकारी दिए ।

यसले ‘रेफर’ लिन बिमा गराएकै स्थानमा पुग्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ । स्वास्थ्य बिमामा आबद्ध हुने धेरै नागरिकले यस्तो व्यवस्था गर्न माग गर्दै आएका थिए ।

यस्तै, मन्त्रिपरिषद्‌बाट पारित प्रस्तावानुसार अब स्वास्थ्य बिमाको सेवा लिन तीन महिना पर्खनु पर्दैन । अब एक महिनाभित्रै सेवा लिन सकिने भएको छ । यसले सेवा लिन थप सहजता प्रदान गर्ने मन्त्री पौडेलले बताए ।

Published Date: 01 May 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली