अब आफू बसेकै स्थानमा स्वास्थ्य बिमा सुविधा लिन सकिने

अब आफू बसेकै स्थानमा स्वास्थ्य बिमा सुविधा लिन सकिने : Icon Khabar

काठमाडौं, वैशाख १८ । स्वास्थ्य बिमा गर्नेले अब आफू बसेकै स्थानमा प्रस्थानविन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थानविन्दु कायम गर्ने गरी स्वास्थ्य बिमा नियमावली संशोधनसम्बन्धी स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरिएको हो ।

मन्त्री पौडेलले यसअघि बिमा गरेको स्थानबाट अन्यत्र गएका व्यक्तिले आफू बसेकै ठाउँमा प्रथमविन्दु कायम गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए । सोहीअनुसार मन्त्रालयले नियमावली संशोधन प्रस्ताव लगेकामा बुधबार (वैशाख १७) को मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरिएको मन्त्री पौडेलले जानकारी दिए ।

यसले ‘रेफर’ लिन बिमा गराएकै स्थानमा पुग्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ । स्वास्थ्य बिमामा आबद्ध हुने धेरै नागरिकले यस्तो व्यवस्था गर्न माग गर्दै आएका थिए ।

यस्तै, मन्त्रिपरिषद्‌बाट पारित प्रस्तावानुसार अब स्वास्थ्य बिमाको सेवा लिन तीन महिना पर्खनु पर्दैन । अब एक महिनाभित्रै सेवा लिन सकिने भएको छ । यसले सेवा लिन थप सहजता प्रदान गर्ने मन्त्री पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 May 2025
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने