‘पेस्तोल’ पड्काउँदै नाचेको भिडिओ सार्वजनिक भएपछि जसपाकी नेतालाई प्रहरीले बोलायो

‘पेस्तोल’ पड्काउँदै नाचेको भिडिओ सार्वजनिक भएपछि जसपाकी नेतालाई प्रहरीले बोलायो : Icon Khabar

काठमाडौँ, वैशाख १८ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेता डा. बबिसिंह यादवलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ।

सामाजिक सञ्जालमा उनले ‘पेस्तोल’ पड्काउँदै नाचेको भिडिओ सार्वजनिक भएपछि सप्तरी प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले भिडिओ सार्वजनिक भएपछि त्यसबारे बुझ्न उनलाई बोलाइएको जानकारी दिए।

‘भिडिओमा पेस्तोल पड्काएको जस्तो देखिएको छ। त्यसबारेमा के हो भनेर सोधपुछ गर्न उहाँलाई बोलाएका छौं,’ उनले भने। बुधबार दिउँसो उनलाई प्रहरी कार्यालयमै आउन भनिएको एसपी खतिवडाले बताए।

‘उहाँले आउछु भन्नुभएको छ,’ उनले भने। जसपा नेपालका एक नेताका अनुसार डा. सिंह पार्टीकी केन्द्रीय सदस्य हुन्। जसपाबाटै राष्ट्रिय सभा सदस्य रहेका मृगेन्द्रकुमार सिंहकी छोरी हुन्।

Published Date: 01 May 2025
ताजा
बिलबिनाको करिब ८०० ग्राम चाँदीजस्ता गरगहना सहित एक जना दुवाकोटबाट पक्राउ
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पेट्रोलको मूल्य घटेपछि आज काठमाडौं उपत्यकाका अधिकांश पेट्रोलपम्पमा “पेट्रोल छैन”
भक्तपुर नगरमा भुस्याहा कुकुरको आतंक बढ्दो, राति हिँडडुल गर्न स्थानीय त्रसित


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी