नियमित पैदल हिड्दा तौल घट्ने

नियमित पैदल हिड्दा तौल घट्ने : Icon Khabar

काठमाडौं, वैशाख १८ । स्वास्थ्य विशेषज्ञहरु भन्छन्– ‘तौल घटाउन र शरीरको अतिरिक्त बोसो हटाउनका लागि सधैँ कडा रुपमा डाइट योजना पछ्याउन तथा गम्भीर व्यायाम गर्न आवश्यक छैन ।’

उनीहरुका अनुसार हामीले केवल नियमित रूपमा हिँडेरै पनि आफ्नो तौल सजिलै घटाउन सक्छौं, तर यसका लागि हामीले निरन्तरता कायम राख्न आवश्यक छ ।

कसरी हिँडेर हामी आफ्नो तौल घटाउन सक्छौं त ? जानौंः

यदि हामी भरखरैमात्र हिँड्न थालेका छौं भने सुरुवातमा दैनिक कम्तिमा २–३ किलोमिटर हिँड्ने बानी बसाल्नु पर्छ । हिँडाइले हाम्रो मेटाबोलिज्म सुधार हुनेछ, तौल घट्नेछ र मुटुको स्वास्थ्य पनि राम्रो हुनेछ ।

केही दिनपछि, छिटो तौल घटाउनका लागि हिँड्ने समय बढाएर ५–७ किलोमिटर हिँड्न थाल्नु पर्छ । यति हिँड्दा हाम्रो मुटुको स्वास्थ्य सुधार हुनेछ, बोसो बर्न हुनेछ र मांसपेशीहरू पनि बलियो हुनेछन् । यसलाई आफ्नो दिनचर्यामा समावेश गरेर सजिलै तौल घटाउन सकिन्छ ।

अब हामीलाई हिँड्ने बानी परिसकेको हुनेछ । अब आफ्नो हिँड्ने गति सुधारमा ध्यान दिनुपर्छ, किनभने तौल घटाउन हिँड्ने गति पनि महत्त्वपूर्ण हुन्छ । हामी जति छिटो हिँड्छौं, हाम्रो बोसो त्यति नै बढी बर्न हुनेछ ।

यसका अतिरिक्त, हिँड्दा केही बानीहरू पनि ध्यानमा राख्नु पर्छ । जस्तै, हिँड्न जानुअघि आफूलाई हाइड्रेट राख्नु पर्छ । चिनीयुक्त पेय पदार्थ र प्रोसेस्ड फूडबाट बच्नु पर्छ । साथै, राम्रो निद्रा लिनु पर्छ ।

Published Date: 01 May 2025




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न