घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य : Icon Khabar

काठमाडौं, वैशाख १८ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमको सञ्चालक समितिले बिहीबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा १ रुपैयाँले मूल्य घटाइएको छ।

यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर रु ४ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २९ डलरका दरले घटाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।

नयाँ मुल्यअनुसार अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रोमा १५७ र तेस्रोमा १५८ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १४२.५०, दोस्रोमा १४४ र तेस्रोमा १४५ रुपैयाँ भएको छ।

Published Date: 01 May 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु