काठमाडौँ, वैशाख १२ । शुक्रबारको कारोबारमा सुनको मूल्य घटेको छ । घरेलु बजारमा आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँले घटेको छ ।
यससँगै सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिबार भने सुनको मूल्य २ सय रुपैयाँले बढेको थियो । उक्त दिन सुन मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको मूल्य आज १० रुपैयाँले घट्दै प्रतितोला २ हजार रुपैयाँ कायम भएको छ ।
Published Date: 25 April 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1