अमेरिकाद्वारा एमसिसी कार्यक्रम बन्द गर्ने निर्णय

अमेरिकाद्वारा एमसिसी कार्यक्रम बन्द गर्ने निर्णय : Icon Khabar

काठमाडौँ, वैशाख ११ । अमेरिकी सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन अन्तर्गत एलन मस्कको नेतृत्वमा रहेको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी (डिओजिइ) ले यो निर्णय गरेको हो।

एमसिसी सन् २००४ मा राष्ट्रपति जर्ज डब्ल्यु बुसको कार्यकालमा स्थापना गरिएको थियो, जसको उद्देश्य विश्वव्यापी गरिबी घटाउने र आर्थिक विकास प्रवर्द्धन गर्ने थियो। हालसम्म एमसीसीले वार्षिक करिब ९०० मिलियन अमेरिकी डलरको बजेटमा विभिन्न विकास परियोजनाहरू सञ्चालन गर्दै आएको थियो।

डिओजिइले एमसीसीका सबै कार्यक्रमहरू बन्द गर्ने निर्णय गरेको छ, यद्यपि मङ्गोलिया, सेनेगल, नेपाल र आइभोरी कोस्टमा जारी केही पूर्वाधार परियोजनाहरूलाई अस्थायी रूपमा जारी राखिनेछ। एमसीसीका करिब ३०० कर्मचारीलाई अप्रिल २९ भित्र स्वैच्छिक अवकाश, सेप्टेम्बरसम्म तलबसहितको राजीनामा, वा प्रशासनिक बिदाको विकल्प रोज्न भनिएको छ।

नेपालमा एमसिसी अन्तर्गतको ५०० मिलियन डलरको अनुदान परियोजना, जसमा ४०० केभी विद्युत् प्रसारण लाइन र सडक सुधार कार्यहरू समावेश छन्, पनि प्रभावित भएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पको जनवरी २०, २०२५ मा जारी कार्यकारी आदेशअनुसार, नेपालमा सञ्चालित एमसिसी परियोजनाहरू ९० दिनका लागि स्थगित गरिएको छ।

Published Date: 24 April 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी