तातो हावाको लहर चल्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव

तातो हावाको लहर चल्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव : Icon Khabar

काठमाडौं, वैशाख १० । देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ ।

तत्काल पानी पर्ने सम्भावना नरहेकाले तातो हावाको लहर चल्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आगामी तीन दिनसम्म पानी पार्ने वा बादल लाग्ने नयाँ मौसमी प्रणाली छैन । त्यसैले गर्मी थप बढ्ने पूर्वानुमान छ ।

मौसमविद रोजन लामिछानेले भने, ‘आगामी तीन दिन कुनै पनि नयाँ मौसमी प्रणाली नभएको र पश्चिमी वायु तथा स्थानीय वायुको पनि आंशिक प्रभाव मात्र रहेकाले तापक्रम अझै बढ्ने देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 April 2025
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न