बुधबार सुनको मूल्य तोलामा ७ हजार ५ सय रूपैयाँले घट्यो

बुधबार सुनको मूल्य तोलामा ७ हजार ५ सय रूपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, वैशाख १० । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य एक तोलामै ७ हजार ५ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रकाशित गरेको मूल्यसूची अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा सीमित बनेको छ ।

अघिल्लो दिन भने सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन ६ हजार ९ सय रुपैयाँले बढेको सुन प्रतितोला १ लाख ९७ हजार ९ सय पुगेको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदी अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 23 April 2025


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग