चीनमा विश्वकै पहिलो १० जी ब्रोडब्यान्ड नेटवर्क सुरु

चीनमा विश्वकै पहिलो १० जी ब्रोडब्यान्ड नेटवर्क सुरु : Icon Khabar

काठमाडौँ, वैशाख १० । चीनले अप्रिल २०, २०२५ मा हेबेई प्रान्तको सुनान काउन्टीमा १० जी ब्रोडब्यान्ड नेटवर्क सुरु गरेको छ। यहाँ ‘जी’ को अर्थ गीगाबिट हो, जेनरेशन होइन। यो विश्वको पहिलो कमर्शियल वायर्ड ब्रोडब्यान्ड नेटवर्क हो जसले १० गिगाबिट्स प्रति सेकेन्ड (जीबीपीएस) को गति प्रदान गर्छ ।

यो फाइभ जी वा सिक्स जी जस्ता वायरलेस मोबाइल नेटवर्कहरूसँग सम्बन्धित छैन। यसले उन्नत फाइबर अप्टिक टेक्नोलोजी ५० जी निष्क्रिय अप्टिकल नेटवर्क (५० जी पीओएन) प्रयोग गर्छ। हुवावे र चाइना युनिकर्नले संयुक्त रूपमा यो नेटवर्क सुरु गरेका हुन् ।

यसले ३ मिलिसिेकेण्डको लेटन्सी र ९ हजार ८३४ एमबीपीएस डाउनलोड गति तथा १००८ मिलिसेकेन्ड को अपलोड गति प्रदान गर्दछ। १० जी नेटवर्कहरू डेटा–इन्टेन्सिभ, ला–लेटेन्सी एप्लिेकेशनलाई समर्थन गर्न डिजाइन गरिएको हो। यो सिमलेस क्लाउड गेमिङ, रिमोट सर्जरी र एआई–सञ्चालित स्मार्ट होम्समा उपयोगी हुनेछ।

यसका साथै यसले स्मार्ट सिटी, टेलिमेडिसिन, रिमोट एजुकेशन र स्मार्ट एग्रीकल्चरलाई पनि सहयोग गर्नेछ। उदाहरणका लागि, यसले सेल्फ ड्राइभिङ प्रणालीहरूको लागि वास्तविक–समय डेटा प्रोसेसिङ ह्यान्डल गर्न सक्छ। यो चीनको योजनाको हिस्सा हो।

१० जी ब्रोडब्यान्ड नेटवर्कको सुरुवातसँगै, चीन विश्वव्यापी ब्रोडब्यान्ड प्रविधिमा अग्रणी भएको छ। चीनले युएई र कतार जस्ता देशहरूको हालको व्यावसायिक ब्रोडब्यान्ड गतिलाई उछिनेको छ । जहाँ औसत गति ५४३ एमबीपीएस र ५२१ एमबीपीएस छ।

सुनान काउन्टी र सिओङआनमा प्रारम्भिक प्रक्षेपण चीनको फराकिलो राष्ट्रिय रणनीतिको हिस्सा हो। चीनले यसलाई १६८ स्थानमा विस्तार गर्न चाहेको छ ।

Published Date: 23 April 2025


ताजा
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु