दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङ र परराष्ट्रमन्त्री डा. राई बिच भेटवार्ता

दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङ र परराष्ट्रमन्त्री डा. राई बिच भेटवार्ता : Icon Khabar

काठमाडौं, फागुन १ । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग दक्षिण कोरियाका राष्ट्रपति युन सियोक योलका विशेष दूत सुङ मिन जङले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटवार्तामा परराष्ट्रमन्त्री डा पौड्यालले गणतन्त्र कोरिया र नेपालबीचको घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको शिक्षा, स्वास्थ्य, पर्यटन, बौद्ध दर्शन र सांस्कृतिका आदानप्रदान लगायतका क्षेत्रमा सहकार्य अघि बढाउन कोरियन सरकारलाई आग्रह गरेकी थिइन् ।

भेटमा सल्लाहकार सुङले नेपालीहरु कोरियामा रोजगारीमा रहेको उल्लेख गर्दै नेपालीको परिश्रमबाट कोरियन सरकार प्रभावित रहेको बताउदै कोरियन लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको समेत अवगत गराए ।

भेटवार्तामा आज उनीहरूबीच दुई देशबीचको आपसी सम्बन्धका विभिन्न विषयमा छलफल भएको छ ।

Published Date: 13 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा