आजपनि काठमाडौँमा शिक्षकहरूको प्रदर्शन जारी

आजपनि काठमाडौँमा शिक्षकहरूको प्रदर्शन जारी : Icon Khabar

काठमाडौँ, वैशाख ८ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

सोमवार पनि काठमाडौँको माइतीघर—बानेश्वर सडक खण्डमा शिक्षकहरूले आज पनि प्रदर्शन गरेका हुन् । उनीहरूले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत १९ दिनदेखि आन्दोलन गरिरहेका छन् ।

सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरू सरकारले आगामी अधिवेशनबाट जारी गर्ने प्रतिवद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन् ।

विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडान शिक्षकहरूको छ । सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ गते बोलाएको छ ।

शिक्षा विधेयक जारी गर्न र शिक्षकहरूका माग पूरा गर्नका लागि अधिवेशन बोलाइएको सरकारले स्पष्ट पारे पनि सरकारको प्रतिविद्धतामा शिक्षकहरू विश्वस्त छैनन् । सरकारले शिक्षा विधेयक जारी गरेकै दिन आफूहरू आन्दोलन छोडेर फर्किने उनीहरूको भनाइ छ ।

Published Date: 21 April 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु