मोबाइल लुटमा संलग्न आरोपमा काठमाडौँबाट तीन जना पक्राउ

मोबाइल लुटमा संलग्न आरोपमा काठमाडौँबाट तीन जना पक्राउ : Icon Khabar

काठमाडौं, वैशाख ८ । मोबाइल लुटमा संलग्न आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएका १८ वर्षीय शिखरजङ्ग थापा, धनुषाको सिर्सिया गाउँपालिका घर भएका १८ वर्षीय राज विष्ट यादव र रौतहटको गरुडा घर भएका सुरेश ठाकुर हजाम छन् ।

आरोपीहरुले वैशाख ५ मा काठमाडौँको बसुन्धारामा ट्याक्सी रोकेर ‘ठमेलमा सामान लिन जानुपर्नेछ’ भनेर एकपटक फोन गर्न मागेर मोबाइल लुटेर फरार भएका हुन् ।

प्रेम तामाङले चलाएको बा.२ ज ३४५८ नम्बरको ट्याक्सीबाट मोबाइल लुट्न शिखरजङ्ग सहित दुई जना मोटरसाइकल चढेर गएको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए ।

आरोपीहरुको साथबाट प्रहरीले ३ थान चोरीको मोबाइल बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 April 2025
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने