माइतीघर-तीनकुने सडक खण्ड प्रयोग गर्ने सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

माइतीघर-तीनकुने सडक खण्ड प्रयोग गर्ने सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह : Icon Khabar

काठमाडौँ, वैशाख ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजधानीको बिजुली बजार क्षेत्रमा प्रदर्शन गर्ने भएपछि ट्राफिक प्रहरीले माइतीघर–नयाँबानेश्वर–तीनकुने सडक खण्ड प्रयोग गर्ने सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार माइतीघरबाट बबरमहल हुँदै नयाँ बानेश्वरसम्मको सडकखण्डमा चल्ने सवारी साधनलाई यतिबेला विभिन्न स्थानबाट डाईभर्सन गरिएको छ । साना तथा दुई पाङ्ग्रे सवारी साधनलाई नयाँ बानेश्वरबाट डाईभर्सन गरिएको छ ।

यस्तै नयाँ बानेश्वरतर्फ जाने सवारी साधनलाई भने माईतिघरबाट डाईभर्सन गरिएको छ । राप्रपाको कार्यक्रमलाई मध्यनजर गर्दै भाडाका सवारी साधनलाई तीनकुने, रणोदिप र कृष्णपाउरोटीबाट डाइभर्सन गरिएको छ ।

डाइभर्सनका कारण माइतीघर, सिंहदरबार दक्षिणगेट, अनामनगर, हनुमानथान, थापागाँउ हुदै चल्ने सवारी साधन क्युमा चलिरहेका छन् ।

यसबाहेक पिक आवरमा बढेका सवारी साधनका कारण काठमाडौँ उपत्यका स्थित कोटेश्वर, गौशाला, चावहिल, सोह्रखुट्टे लैनचौर, रणोदिप, कृष्णपाउरोटी, पुतलीसडक, त्रिपुरेश्वर, थापाथली र कुपण्डोल हुँदै चल्ने सवारी साधन यतिबेला ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनुपर्ने अवस्था रहेको जनाइएको छ । बिहान नै शिक्षकहरुको प्रदर्शनका कारण समेत यातायात प्रभावित भएको ट्राफिक प्रहरीको भनाइ छ ।

Published Date: 20 April 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी