नयाँ शैक्षिकसत्रका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ७ बुँदे निर्देशन

नयाँ शैक्षिकसत्रका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ७ बुँदे निर्देशन : Icon Khabar

काठमाडौं, वैशाख ३ । नयाँ शैक्षिकसत्रमा शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका बेला शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७ बुँदे निर्देशन जारी गरेको छ ।

शिक्षा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, उपलब्धिमूलक, विश्वसनीय र सेवाग्राहीमैत्री बनाउन भन्दै केन्द्रले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै निर्णय कार्यान्वयन गर्न भनेको छ ।

नयाँ शैक्षिकसत्र कार्यान्वयन गर्ने मुख्य सरोकारवाला शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

केन्द्रले जारी गरेको परिपत्रमा एक शैक्षिकसत्रका लागि २२० दिन रहेको भनिएको छ । तर चैत २० देखि शिक्षकहरू आन्दोलनमा छन् । नयाँ शैक्षिकसत्र सुरु भएको पनि तीन दिन भइसकेको छ । तर शिक्षक र सरकारबीच सहमति भएको छैन ।

सरकारले आन्दोलन रोकेर विद्यालय फर्किन भने पनि शिक्षकहरुले मानेका छैनन् । यहीबेला विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न, निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति तथा शुल्क, प्रारम्भिक बाल शिक्षा लगायतका विषयमा सरकारले सात बुँदे निर्देशन जारी गरेको छ ।

Published Date: 16 April 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु