नयाँ शैक्षिकसत्रका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ७ बुँदे निर्देशन

नयाँ शैक्षिकसत्रका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ७ बुँदे निर्देशन : Icon Khabar

काठमाडौं, वैशाख ३ । नयाँ शैक्षिकसत्रमा शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका बेला शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७ बुँदे निर्देशन जारी गरेको छ ।

शिक्षा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, उपलब्धिमूलक, विश्वसनीय र सेवाग्राहीमैत्री बनाउन भन्दै केन्द्रले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै निर्णय कार्यान्वयन गर्न भनेको छ ।

नयाँ शैक्षिकसत्र कार्यान्वयन गर्ने मुख्य सरोकारवाला शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

केन्द्रले जारी गरेको परिपत्रमा एक शैक्षिकसत्रका लागि २२० दिन रहेको भनिएको छ । तर चैत २० देखि शिक्षकहरू आन्दोलनमा छन् । नयाँ शैक्षिकसत्र सुरु भएको पनि तीन दिन भइसकेको छ । तर शिक्षक र सरकारबीच सहमति भएको छैन ।

सरकारले आन्दोलन रोकेर विद्यालय फर्किन भने पनि शिक्षकहरुले मानेका छैनन् । यहीबेला विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न, निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति तथा शुल्क, प्रारम्भिक बाल शिक्षा लगायतका विषयमा सरकारले सात बुँदे निर्देशन जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 April 2025
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने