आज बिहिबारको राशिफल

आज बिहिबारको राशिफल : Icon Khabar

काठमाडौं, वैशाख ४ । आज २०८२ वैशाख ४ गते बिहीबार, तदअनुसार १७ अप्रिल २०२५ । आज वैशाख कृष्ण चतुर्थी, सूर्योदय बिहान: ०५:३७ बजे, सूर्यास्त साँझ: १८: २९ बजे । आज मेष राशिका व्यक्तिहरूको कुनै महत्वपूर्ण व्यक्तिसँग भेट हुने सम्भावना छ । वृष राशिका लागि इच्छाअनुसार काम पुरा हुनेछ । मिथुन राशिका लागि नयाँ काममा सफलता मिल्ने संकेत छन् । सिंह र मकर राशिका लागि ग्रहहरूको साथ रहने छ । कन्या राशिका लागि पुराना समस्याबाट मुक्ति मिल्ने सम्भावना छ । धनु राशिका लागि लाभदायक दिन हुनेछ । मीन राशिका व्यक्तिहरूलाई सरकारी जागिरमा बढुवा हुने संभावना छ । अन्य राशिहरूका लागि मिश्रित परिणाम मिल्ने देखिन्छ ।

आजको राशिफल

मेष: विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् । अध्ययनमा मन लाग्ने छ । टाढाको यात्राको योजना बन्न सक्छ । मनपर्ने भोजनको आनन्द प्राप्त हुनेछ । वरिष्ठ व्यक्तिहरूको मार्गदर्शन प्राप्त हुनेछ।

वृष: प्रसन्नतापूर्वक समय बित्ने छ । व्यवसायमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ । लाभको अवसर हात पर्नेछ । प्रसन्नता रहने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । कुनै ठूलो काममा हात हाल्नु हुनेछ ।

मिथुन: आज लाभ हुनेछ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । प्रसन्नता तथा मनोरञ्जनका साधन उपलब्ध हुनेछन् । रचनात्मक कार्य सफल रहने छ ।

कर्कट: लाभको अवसर टर्नेछ । हल्का हाँसो ठट्टा गर्नबाट बच्नु होला । मेहनत बढी गर्नु पर्नेछ । व्यवसाय-व्यापारबाट लाभ हुनेछ ।

सिंह: व्यापार-व्यवसायबाट लाभ मिल्ने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । घरमा सुख-शान्ति रहने छ । धन प्राप्ति सुगम हुनेछ । लाभको अवसर हात पर्नेछ । समयको अनुकूलताको लाभ लिनु होला ।

कन्या: व्यापारमा सुखद समाचार प्राप्त हुनेछ । मान बढ्ने छ । कुनै नयाँ कार्य प्रारम्भ गर्नका लागि योजना बन्ने छ । लामो यात्राको इच्छा जाग्ने छ ।

तुला: व्यापारले यात्राबाट लाभ पाइने छ । नयाँ काम पाउन सकिने छ । कार्यबाट सन्तुष्टि रहनेछ । परीक्षा तथा अन्तरर्वार्तामा सफलता प्राप्त हुनेछ । प्रसन्नता तथा उत्साहको वातावरण बन्ने छ । लगानीबाट लाभ दिने छ।

वृश्चिक: व्यापार-व्यवसाय लाभदायक रहने छ । परिवारमा सुख-शान्ति कायम रहने छ । फजूल खर्च हुनेछ । स्वास्थ्य कमजोर हुनेछ । बोलीमा नियन्त्रण राख्नु होला । काममा मन लाग्ने छैन ।

धनु: यात्रा सुखद रहने छ । नयाँ काम हात पर्नेछ । व्यवसायबाट प्रसन्नता रहने छ । समयको अनुकूलताको लाभ लिनु होला । लाभको अवसर हात पर्नेछ । पारिवारिक सहयोगबाट प्रसन्नता रहने छ ।

मकर: योजना पूरा हुनेछ । कार्य पद्धतिमा सुधार हुनेछ । लाभको अवसर हात पर्नेछ । मान-सम्मान पाइने छ । शेयर मार्केटमा हतार गर्नबाट बच्नु होला । भाग्यको साथ पाइने छ ।

कुम्भ: घरमा सुख-शान्ति कायम रहने छ । साथीहरुको सहयोगले लाभमा वृद्धि हुनेछ । लम्बिएका कार्य पूर्ण हुनेछन् । लगानी शुभ रहने छ । प्रसन्नताको वातावरण बन्ने छ, शुभ समाचार प्राप्त हुनेछ ।

मीन: लगानी गर्न हतार नगर्नु होला । आम्दानी भैरहने छ । अज्ञात भयले सताउने छ । बोलीमा हल्का शब्दहरुको प्रयोगबाट बच्नु होला । कुनै पनि व्यक्तिको उक्साहटमा नआउनु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 April 2025
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट