प्रोक्सिमा इन्टरनेसनल ऐकेडेमीमा फिबा मापदण्ड बराबरको बास्केटबल हल निर्माण

प्रोक्सिमा इन्टरनेसनल ऐकेडेमीमा फिबा मापदण्ड बराबरको बास्केटबल हल निर्माण : Icon Khabar

भक्तपुर, चैत ३० । भक्तपुर, नगरपालिका वडा नं ५ सिद्धि स्मृति अस्पताल संगै रहेको प्रोक्सिमा इन्टरनेसनल ऐकेडेमीमा फेडेरेशन अफ इन्टरनेसनल बास्केटबल एसोसिएसन मापदण्ड बराबरको बास्केटबल हल निर्माण गरि संचालनमा ल्याएको छ।

राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा प्रख्यात बास्केटबल खेलको आफ्ना विद्यार्थीमा पनि विकासगरि गुणस्तरीय खेलाडी पनि उत्पादन गर्ने उद्वेश्य सहित बास्केटबल हलको स्थापना गरेको विद्यालयका निर्देशक धर्मरत्न खाइतुले बताए।

गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विद्यालयमा यस्तो भौतिक संरचना र खेलकुद गतिविधि जोड्न पाउँदा विद्यालयको गुणस्तरीमा अझै बृद्वी हुने र यसले बालबालिकामा सकारात्मक पक्षको विकास गर्न आझ बढी मद्वत गर्ने यसै विद्यालयका प्रिन्सिपल सुजन भटराईले बताए।

बालबालिकाको खेलकुद गतिबिधिमा अर्को सृजनात्मक कार्यक्रम जोड्न पाउँदा बालबालिकामा थप उर्जा थपिएको र दैनिक १ घण्टा प्राविधिक प्रशिक्षण प्रदान गर्न पाउँदा अवश्य नै कुशल खेलाडी उत्पान्दन्मा योगदान पुग्ने इसिए संयोजक राज वाइवाले आइकन खबरलाई जानकारी दिए।

Published Date: 12 April 2025




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न