जेसिज माध्यमिक विद्यालयमा एसइईका विद्यार्थीहरुलाई बिदाई कार्यक्रम सम्पन्न

जेसिज माध्यमिक विद्यालयमा एसइईका विद्यार्थीहरुलाई बिदाई कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, चैत ३० । जेसिज माध्यमिक विद्यालय इन्द्रायणीपीठ खौमाको आयोजनामा शुक्रबार एसइई २०८० र २०८१ सालका विद्यार्थीहरुलाई बिदाई कार्यक्रम सम्पन्न भयो।

नयाँ वर्ष २०८२ तथा बिस्का: जात्राको अवसरमा शुभकामना आदान प्रदान गर्दै २०८० सालमा उत्तीर्ण र २०८१ सालको एसइई परिक्षामा सामेल भएका विद्यार्थीलाई बिदाई गरिएको हो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजपातिको प्रमुख आतिथ्यतामा भएको उक्त समारोहमा प्रमुख प्रजापतिले समाजलाई परिवर्तन गर्न विद्यार्थीहरु पढाईमा लगनशील हुनुपर्ने बताए। उनले भक्तपुरमा भएका शैक्षिक विकासमा भएका प्रगतिबारे चर्चा संगै नयाँ वर्ष अनि बिस्का: जात्राको शुभकामना ब्यक्त गरे।

विशेष अतिथि सार्वजनिक शैक्षिक गुठि संघ नेपालका केन्द्रिय अध्यक्ष जे एस पौडेलले जेसिज माध्यमिक विद्यालय सांस्कृतिक नगर भित्रको एउटा नमूना विद्यालय भएको बताए। कार्यक्रमका अतिथि सार्वजनिक शैक्षिक गुठि संघ नेपालका केन्द्रिय सचिव अन्जित कुमार श्रेष्ठले पनि आफ्नो धारणा ब्यक्त गरे।

विद्यालयका प्रिन्सिपल जयराम गोर्खालीले जेसिजले पाएका विभिन्न उपलब्धिको बारे चर्चा गर्नुका साथै विद्यालयले भोग्दै आएका विभिन्न समस्या र चुनौतीहरुलाई समाधान गर्न स्थानिय सरकारको सहयोग गर्नेमा विश्वास ब्यक्त गरे।

कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केपी अवालले जेसिज माविको इतिहासबारे प्रकाश पार्दै विद्यालयलाई नगरपालिकाको साथ र सहयोग गर्दै आएकोमा आभार प्रकट गर्दै आगामी दिनमा पनि सहयोग हुने प्रति आशा ब्यक्त गरे। उनले जेसिज माविको उन्नयन्मा भूमिका खेल्ने पूर्व प्रधानाध्यापक तेजेश्वर बाबु गोङ्गको लगनशीलता उच्च रहेको चर्चा गर्दै वर्तमान प्रधानाध्यापक गोर्खालीको पनि प्रशंसा गरे।

कार्यक्रममा दुई वटै वर्षका विद्यार्थीहरुलाई प्रमाण पत्र तथा मायाको चिनो वितरण गरिएको थियो।

Published Date: 12 April 2025








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा