बुधबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढ्यो

बुधबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, चैत २७ । लगातार ४ दिनदेखि घटिरहेको सुनको मूल्यमा ब्रेक लागेको छ । बुधबार स्थानिय बजारमा सुनको भाउ वृद्धि भएसँगै सुनको ओरालो यात्रा थामिएको हो । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ ।

यो वृद्धिसँगे नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन भने सुनको मूल्य ४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ७३ हजार ४ सय कायम भएको थियो । आज चाँदीको भाउ पनि वृद्धि भएको छ । चाँदी ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 09 April 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु