काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीको शीर्ष स्थानमै

काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीको शीर्ष स्थानमै : Icon Khabar

काठमाडौँ, चैत २७ । संघीय राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा कायम रहेको छ । बुधबार बिहान ६ः४५ बजेको मापन अनुसार काठमाडौँ आईक्यू एयरको सूचीको शीर्ष स्थानमा रहेको हो ।

यद्यपि, मंगलबारको तुलनामा प्रदूषण भने केही कम भएको छ । मंगलबार बिहान ७ बजेको मापनमा काठमाडौँको एक्यूआई २६२ रहेको थियो । आज भने यो घटेर १ सय ८४ सम्म पुगेको छ । यद्यपि, यसलाई पनि स्वास्थ्यको दृष्टिकोणले खराब नै मानिन्छ । ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ ।

हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २०.४ गुणा बढी रहेको छ । वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको संख्या पनि बढेको छ । विज्ञहरूले बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवास्पयुक्त हावाको समेत प्रभाव रहेको छ। हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसबाट हालसम्म देशव्यापी रहिरहेको तुवाँलो केही मात्रामा कम हुने देखिन्छ ।

Published Date: 09 April 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु