ओलाङचुङ्गोला केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प

ओलाङचुङ्गोला केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प : Icon Khabar

फुङ्लिन, फागुन १ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङ्गोला केन्द्रबिन्दु भएर आज बिहान ताप्लेजुङ जिल्लामा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङमा ४.८ रेक्टर स्केलको भूकम्प गएको हो । ताप्लेजुङ र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पका कारण ओलाङचुङगोलामा हालसम्म कुनै क्षति नभएको जिल्लाको फक्ताङलुङ–७ का वडा अध्यक्ष छेतेन लामाले जानकारी दिए । केही दिनअघि जिल्लाको ओलाङचुङ्गोला केन्द्रबिन्दु भएर ५.४ म्याग्नीच्युडको भूकम्प गएको थियो ।

Published Date: 13 February 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु