ओलाङचुङ्गोला केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प

ओलाङचुङ्गोला केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प : Icon Khabar

फुङ्लिन, फागुन १ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङ्गोला केन्द्रबिन्दु भएर आज बिहान ताप्लेजुङ जिल्लामा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङमा ४.८ रेक्टर स्केलको भूकम्प गएको हो । ताप्लेजुङ र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पका कारण ओलाङचुङगोलामा हालसम्म कुनै क्षति नभएको जिल्लाको फक्ताङलुङ–७ का वडा अध्यक्ष छेतेन लामाले जानकारी दिए । केही दिनअघि जिल्लाको ओलाङचुङ्गोला केन्द्रबिन्दु भएर ५.४ म्याग्नीच्युडको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 February 2023
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित