भरतपुर अस्पतालमा कार्यालय समयमा कर्मचारीका लागि सामाजिक सञ्जाल बन्द

भरतपुर अस्पतालमा कार्यालय समयमा कर्मचारीका लागि सामाजिक सञ्जाल बन्द : Icon Khabar

चितवन, चैत ५ । भरतपुर अस्पतालले अस्पतालमा कार्यालय समयमा सामाजिक सञ्जाल बन्द गरेको छ। मंगलबारदेखि लागु हुनेगरी भरतपुर अस्पतालका इन्टरनेट नेटवर्कवाट फेसबुक, टिकटक, इन्स्टा र सेमर मार्केटलगायत बन्द गरिएको कार्यकारी निर्देशक डा कृष्ण पौडेलले बताएका छन्।

अस्पतालले जारी गरेको सूचना भनिएको छ, ‘अस्पताल भित्रका कम्प्युटरहरू आदिबाट कसैले भीपीएन प्रयोग गरेको पाइएमा तुरुन्त कानुन अनुसार कारबाही हुनेछ।’

अस्पतालमा भिजिटरहरूले अस्पताल कर्मचारीहरू माथि कार्यस्थलमा गालीगलौज र अन्य अभद्र व्यवहार गरेको पाइएमा नजिकको गार्ड/प्रहरीमा खवर गर्न पनि भएको छ। जसजलाई नियन्त्रणमा लिई छुट्टै कोठामा राखी प्रहरीको जिम्मा लगाइने सूचना समेत जारी गरिएको छ।

Published Date: 18 March 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी