काठमाडौं, चैत ५ । पूर्वमिस नेपाल तथा अभिनेत्री निकिता चाण्डकले प्रसिद्ध भारतीय फिल्म निर्देशक संजयलीला भन्सालीको आगामी फिल्ममा काम गर्ने भएकी छन् ।
इन्स्टाग्राममा भन्सालीसँगको तस्वीर सेयर गर्दै चाण्डकले भन्सालीको सिनेम्याटिक विश्वको सानो हिस्सा बन्न पाउँदा गर्व महसुस भएको उल्लेख गरेकी छन् ।
भन्सालीको कुन फिल्ममा अभिनय गर्न लागेको हो भन्ने बारे निकिताले विस्तृत खुलाएकी छैनन् । यो खुसीका लागि निकितालाई उनका ‘राजागंज’ को-एक्टर दयाहाङ राई, कलाकार आना शर्मा, उषा रजक लगायतले बधाइ दिएका छन् ।
Published Date: 18 March 2025
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1