काठमाडौं, चैत ५ । नेप्से परिसूचक मंगलबार २७ सयको मनोवैज्ञानिक रेखाभन्दा पनि तल अर्थात् २६ सयकै लाइनमा झरेको छ ।
आज नेप्से परिसूचक ७.६६ विन्दुले घटेर २६९७.०४ अंकमा अडिएको छ । ४ अर्ब ३४ करोड रुपैयाँभन्दा कमको कारोबार भएको छ । कारोबार रकम पनि औसतमा न्यून हो । अन्यबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । २ कम्पनी सकारात्मक सर्किट लेबलनजिक कारोबार भएका छन् ।
आज ३ सय १३ कम्पनीको ८२ लाख ३७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३२ करोड ११ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः घलेम्दी हाइड्रोपावर र नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।
Published Date: 18 March 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1