काठमाडौँ उपत्यकाका ८ वटा आङ्गिक क्याम्पसहरूमा स्ववियु निर्वाचन स्थगित

काठमाडौँ उपत्यकाका ८ वटा आङ्गिक क्याम्पसहरूमा स्ववियु निर्वाचन स्थगित : Icon Khabar

काठमाडौं, चैत ५ । काठमाडौँ उपत्यकाका ८ वटा आङ्गिक क्याम्पसहरूमा स्ववियु निर्वाचन स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत उपत्यकाभित्रका २२ वटा आङ्गिक क्याम्पसहरूमध्ये ८ वटामा स्ववियु निर्वाचन रोकिएको हो । त्रिविले आजका लागि ६२ वटा आङ्गिक र अन्य सम्बन्धनप्राप्त कलेजहरूमा स्ववियु निर्वाचनको मिति तय गरेको थियो ।

तर, तालाबन्दीका कारण ति कलेजहरूमा निर्वाचन रोकिएको हो । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) र अमृत साइन्स क्याम्पसमा अन्तिम समयमा आएर स्ववियु निर्वाचन स्थगित भएको हो ।

त्यस्तै सरस्वती क्याम्पस, विश्वभाषा क्याम्पस, नेपाल ल क्याम्पस, शंकरदेव क्याम्पस, त्रिचन्द्र क्याम्पस र पब्लिक युथ क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया यसअघि नै रोकिएको थियो । आरआर र अमृत साइन्समा भने हिजो मध्यरातदेखि तालाबन्दी भएपछि स्थगित भएको हो ।

आरआरमा एमाले निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियूले तालाबन्दी गरेपछि अन्तिम समयमा आएर निर्वाचन स्थगित भएको छ । त्यस्तै अमृत साइन्स क्याम्पसमा भने अखिल क्रान्तिकारीले होस्टेलको विषयलाई लिएर विवाद सिर्जना गर्दै तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको हो ।

ति बाहेक सरस्वतीमा अनेरास्ववियू लगायतको तालाबन्दीका कारण निर्वाचन प्रक्रिया नै अगाडि बढ्न सकेको छैन् । त्यस्तै विश्वभाषामा समेत अखिल क्रान्तिकारीको तालाबन्दीका कारण निर्वाचन स्थगित भएको छ । नेपाल ल क्याम्पसमा अनेरास्ववियुको तालाबन्दी छ । जसले गर्दा निर्वाचन स्थगित भएको छ ।

शंकरदेवमा अखिल क्रान्तिकारी लगायतको तालाबन्दीका कारण चुनाव हुन सकेन । त्रिचन्द्र र पब्लिक युथ क्याम्पसमा नेविसंघको तालाबन्दीका कारण निर्वाचन हुन सकेन ।

त्यस्तै त्रिवि केन्द्रीय क्याम्पसमा ८ गतेका लागि निर्वाचन सरेको छ । पद्मकन्या क्याम्पस बागबजारमा समेत ७ गतेका लागि निर्वाचनको मिति तोकिएको छ ।

ति बाहेक थापाथली इन्जिनियरिङ कलेज, सानोठिमी बहुमुखी क्याम्पस, आयुर्वेद क्याम्पस, जनप्रशासन क्याम्पस, महाराजगन्ज चिकित्सा क्याम्पस, महाराजगन्ज नर्सिङ क्याम्पस, नेपाल कर्मस क्याम्पस, पाटन बहुमुखी क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, ललितकला क्याम्पस र महेन्द्ररत्न क्याम्पसमा निर्वाचन जारी रहेको छ ।

Published Date: 18 March 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी