नेपाल खुला विश्वविद्यालयको आयोजनामा ११ औँ ग्राजुएट सम्मेलन हुँदै

नेपाल खुला विश्वविद्यालयको आयोजनामा ११ औँ ग्राजुएट सम्मेलन हुँदै : Icon Khabar

काठमाडौँ, चैत ५ । नेपाल खुला विश्वविद्यालयले अन्य विश्वविद्यालय र शैक्षिक संस्थाहरुको सहकार्यमा “११ औँ ग्राजुएट सम्मेलन– हिमालयन नलेज कन्क्लेभ (HKC) २०२५” आयोजना गर्ने भएको छ ।

उक्त सम्मेलनका सचिव सत्यराम सुवालका अनुसार सो कार्यक्रम “Towards Sustainability: Trends in Education, Technologies, and Environmental Convergence for Socio-economic Growth.” theme संचालन हुनेछ।

सम्मेलन आगामी अप्रिल ५ देखि ६ (चैत्र २३,२४), २०२५, दुई दिन सम्म काठमाडौँमा आयोजना हुनेछ । नेपालका विभिन्न विश्वविद्यालय, कलेजर र शैक्षिक संस्थाका ग्राजुएट विद्यार्थी तथा युवा अनुसन्धानकर्ताहरुले भाग लिन सकिने सो सम्मेलनमा नेपाल सरकार– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संरक्षण तथा अग्रणी विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँगको सहकार्यमा आयोजना हुने सुवालले जनाए।

सम्मेलनले विद्यार्थीहरूलाई आफ्नो अनुसन्धान प्रस्तुत गर्न, ज्ञान आदान प्रदान गर्न र शिक्षा, प्रविधि र सामाजिक–आर्थिक वृद्धिका विषयमा छलफल गर्न मञ्चको रुपमा प्रयोग गर्न सकिने सुवालले आइकन खबरलाई बताए।

Published Date: 18 March 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी