मुम्बई, चैत ५ । बलिउड अभिनेता अभिषेक बच्चन अहिले आफ्नो फिल्म ‘बी ह्याप्पी’ को कारण चर्चामा छन्। यो फिल्म प्राइम भिडियोमा रिलिज भएको हो। यस फिल्ममा अभिषेक बच्चनले एक त्यस्तो पिता को भूमिका निभाएका छन्, जो सधैं आफ्नो छोरीको भविष्यको बारेमा चिन्तित रहन्छ।
हालैमा, अभिषेक बच्चनले एक अन्तर्वार्तामा बताए कि उनले स्क्रिप्ट वा भूमिका चयन गर्दा के कुरा हेर्छन्। अभिषेक बच्चनले भने, ‘मैले कहिले पनि यौनिक सामग्री वा यस्ता भूमिका भएका फिल्महरू गर्दिन र गर्नेछैन, किनकि म एक छोरीको पिता हुँ। त्यसैले म त्यस्ता फिल्महरू गर्न चाहन्छु, जुन म मेरी छोरीसँग बसेर हेर्न सक्छुु।’
द क्विन्टसँग कुरा गर्दै अभिषेकले भने, ‘जब तपाईं कुनै कथा सुन्नुहुन्छ, तपाईं हेर्नुहुन्छ कि के त्यो कथाले तपाईंको मनलाई छोएको छ कि छैन । यदि छ भने, बिल्कुलै गर्नुहोस्। यो एक भावनात्मक जवाफ हुनु पर्छ।’
स्क्रिप्ट चयनको सवालमा अभिनेता अभिषेकले भने,’त्यस्ता केही जुन चाहि अलिकति बढि बोल्ड दृश्यहरु भएको फिल्म म त्यस प्रकारको सामग्रीसँग निकै असहज महसुस गर्छु। मलाई स्क्रीनमा यी सबै कुरा देखाउन मन छैन। म अझै पनि त्यस्ता व्यक्तिहरूको समूहमा पर्छु, जसले एक्लै शो हेरिरहेका भए पनि, यदि केही निकै बोल्ड देखिन्छ भने म त्यो भाग हटाइदिन्छु।’
अभिषेकले भने, ‘मैले सधैं यो भनेको छु कि म एक छोरीको पिता हुँ, त्यसैले म त्यस्ता फिल्महरू बनाउन चाहन्छु, जसलाई म मेरी छोरीसँग हेर्न सक्छुुँ । किनकि मैले कस्तो किसिमको भुमिका गरिरहेको छु भन्ने कुरा आराध्यालाई भन्दा उनले कस्तो महसुस गर्छिन भन्ने कुरालाई म ध्यान दिन चाहान्छु ।
Published Date: 18 March 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1