अछाम केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

अछाम केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प : Icon Khabar

अछाम, चैत ५ । अछाम जिल्लाको बटुलासेन आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ६ः३३ बजे स्थानीय म्याग्निच्युड ४.३ को भूकम्प गएको छ।

नेपाल भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्प सुदूरपश्चिम क्षेत्रमै महसुस गरिएको थियो। हालसम्म कुनै ठुलो क्षति वा मानवीय हताहतको जानकारी आएको छैन।

नेपाल भूकम्प प्रवृत्त क्षेत्रभित्र पर्ने भएकाले यहाँ साना परकम्पहरू जाने क्रम जारी रहन सक्ने विज्ञहरूले बताएका छन्। भूकम्पको थप विवरण सङ्कलन भइरहेको केन्द्रले जनाएको छ।

Published Date: 18 March 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु