काठमाडौँ, चैत ५ । घरेलु बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य आज प्रतितोला ११ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च कायम भएको हो ।
नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यसअघि सुनको मूल्य गत फागुन ३० गते हालसम्मकै उच्च कायम भएको थियो । त्यसबेला सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेसँगै घरेलु बजारमा समेत त्यसको प्रभाव देखिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १६ डलरले बढ्दै ३ हजार १३ डलर पुगेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५० रुपैयाँ कायम भएको छ ।
Published Date: 18 March 2025
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1