मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कायम

मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कायम : Icon Khabar

काठमाडौँ, चैत ५ । घरेलु बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य आज प्रतितोला ११ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च कायम भएको हो ।

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यसअघि सुनको मूल्य गत फागुन ३० गते हालसम्मकै उच्च कायम भएको थियो । त्यसबेला सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेसँगै घरेलु बजारमा समेत त्यसको प्रभाव देखिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १६ डलरले बढ्दै ३ हजार १३ डलर पुगेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५० रुपैयाँ कायम भएको छ ।

Published Date: 18 March 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु