राष्ट्र बैंकद्वारा आगामी २०८२ सालको बैंक बिदा सूची सार्वजनिक

राष्ट्र बैंकद्वारा आगामी २०८२ सालको बैंक बिदा सूची सार्वजनिक : Icon Khabar

काठमाडौं, चैत ४ । नेपाल राष्ट्र बैंकले आगामी २०८२ वर्षको बैंक बिदा सूची सार्वजनिक गरेको छ।राष्ट्र बैंकले २०८२ मा कुल ४८ दिन बैंक बिदा रहने सूची सार्वजनिक गरेको हो।

राष्ट्र बैंकले सार्वजनिक गरेको सूची अनुसार, नयाँ वर्ष अर्थात् वैशाख १ गतेदेखि बैंक बिदा हुनेछ। साथै, वैशाख १८ गतेको विश्व मजदुर दिवस र ९ मे, १० मे का दिनहरू सार्वजनिक बिदा हुनेछन्।

दसैँका अवसरमा, असोज ६ गते घटस्थापना र असोज १३ गते फूलपातीदेखि असोज १८ गते द्वादशीसम्म बैंक बिदा रहनेछ। तिहारको दौरान पनि कात्तिक ३ गते लक्ष्मीपूजादेखि कात्तिक ७ गते भाइटिका सम्म बिदा रहनेछन्।

यस वर्ष पनि प्रत्येक शनिबार बैंक बिदा हुनेछ भने शुक्रवार भने आधा दिनको बिदा हुनेछ। थप रूपमा, प्रदेश सरकारले आफ्नो प्रदेशमा घोषणा गरेको बिदा अनुसार एक वर्षमा अधिकतम ६ दिनसम्म सार्वजनिक बिदा हुनेछ, जसको असर सम्बन्धित प्रदेशका कार्यालयमा मात्र हुनेछ।

नेपाल राष्ट्र बैंकले आगामी वर्षका लागि बैंकिङ र कार्यालय समय पनि निर्धारण गरेको छ। २०८२ वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजे देखि अपराह्न ५ बजे सम्म हुनेछ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान १० बजे देखि अपराह्न ४ बजे सम्म रहनेछ। प्रत्येक शुक्रवार कार्यालय समय बिहान १० बजे देखि १स्३० बजेसम्म हुनेछ।

बैंकिङ समय पनि नयाँ तालिकाअनुसार वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजे देखि अपराह्न ४ बजे सम्म हुनेछ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने बैंकिङ समय बिहान १० बजे देखि अपराह्न ३ बजे सम्म हुनेछ। प्रत्येक शुक्रवार बैंकिङ समय बिहान १० बजे देखि मध्याह्न १२स्३० बजेसम्म रहनेछ।

Published Date: 17 March 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी