कहिले प्रदर्शनमा आउँला ‘पुष्पा ३’ ?

कहिले प्रदर्शनमा आउँला ‘पुष्पा ३’ ? : Icon Khabar

काठमाडौं, चैत ४ । साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ द रुल’ ले भारतसँगै विश्वव्यापी रूपमा पनि धेरै कमाई गर्‍यो । यो फिल्म २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पा: द राइज’ को सिक्वेल थियो, जसलाई दर्शकले मन पराएका थिए । यो फिल्मको ब्लकबस्टर सफलता पछि, अब दर्शकहरू यसको तेस्रो भागको उत्सुकताका साथ प्रतिक्षा गरिरहेका छन् ।

अब, ‘पुष्पा ३’ को बारेमा रोचक जानकारी बाहिर आएको छ। ब्लकबस्टर एक्सन ड्रामा ‘पुष्पा ३’ को तेस्रो सिरिज आउने निश्चित भएको हो । ‘रोबिन हुड’ को प्रमोशनल कार्यक्रमको क्रममा, निर्माता रविशंकरले पुष्पा ३ को बारेमा अपडेट साझा गर्दै यसको रिलिजको घोषणा गरेका छन् । उनले ‘पुष्पा ३’ २०२८ मा रिलिज हुने बताए । यो अपडेट ‘पुष्पा २: द रुल’ को सफलता पछि आएको हो, जसले विश्वव्यापी रूपमा १६५० करोड भारु भन्दा बढी कमाएको थियो र दंगल र बाहुबली २ पछि तेस्रो सबैभन्दा ठुलो भारतीय फिल्म बनेको थियो ।

राम चरणसँगको आफ्नो हालको परियोजना पूरा गर्ने बित्तिकै निर्देशक सुकुमारले ‘पुष्पा ३’ मा काम सुरु गर्ने बताइएको छ । अर्कोतर्फ, अल्लु अर्जुनले एटली, त्रिविक्रम र अन्यसँग आफ्नो फिल्महरू पूरा गर्नेछन् । पुष्पा सिरिजमा अल्लु अर्जुनका अलवा रश्मिका मन्डन्ना, फहद फासिल, जगपति बाबु, सुनिल लगायतको भूमिका रहेको छ र फिल्मलाई मिथ्री मुभी मेकर्सले निर्माण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 March 2025
Website | + posts


ताजा
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन
साइलेन्ट हार्ट अट्याक किन हुन्छ?
भारतको उत्तराखण्डमा आएको बाढीमा परी जाजरकोटका १३ जनाभन्दा बढी सम्पर्कविहीन




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुर झौखेलको हरियाली: असारमा रोपाइँ सकेपछि देखिएको रमणीय दृश्य (फोटो फिचर)