कहिले प्रदर्शनमा आउँला ‘पुष्पा ३’ ?

कहिले प्रदर्शनमा आउँला ‘पुष्पा ३’ ? : Icon Khabar

काठमाडौं, चैत ४ । साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ द रुल’ ले भारतसँगै विश्वव्यापी रूपमा पनि धेरै कमाई गर्‍यो । यो फिल्म २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पा: द राइज’ को सिक्वेल थियो, जसलाई दर्शकले मन पराएका थिए । यो फिल्मको ब्लकबस्टर सफलता पछि, अब दर्शकहरू यसको तेस्रो भागको उत्सुकताका साथ प्रतिक्षा गरिरहेका छन् ।

अब, ‘पुष्पा ३’ को बारेमा रोचक जानकारी बाहिर आएको छ। ब्लकबस्टर एक्सन ड्रामा ‘पुष्पा ३’ को तेस्रो सिरिज आउने निश्चित भएको हो । ‘रोबिन हुड’ को प्रमोशनल कार्यक्रमको क्रममा, निर्माता रविशंकरले पुष्पा ३ को बारेमा अपडेट साझा गर्दै यसको रिलिजको घोषणा गरेका छन् । उनले ‘पुष्पा ३’ २०२८ मा रिलिज हुने बताए । यो अपडेट ‘पुष्पा २: द रुल’ को सफलता पछि आएको हो, जसले विश्वव्यापी रूपमा १६५० करोड भारु भन्दा बढी कमाएको थियो र दंगल र बाहुबली २ पछि तेस्रो सबैभन्दा ठुलो भारतीय फिल्म बनेको थियो ।

राम चरणसँगको आफ्नो हालको परियोजना पूरा गर्ने बित्तिकै निर्देशक सुकुमारले ‘पुष्पा ३’ मा काम सुरु गर्ने बताइएको छ । अर्कोतर्फ, अल्लु अर्जुनले एटली, त्रिविक्रम र अन्यसँग आफ्नो फिल्महरू पूरा गर्नेछन् । पुष्पा सिरिजमा अल्लु अर्जुनका अलवा रश्मिका मन्डन्ना, फहद फासिल, जगपति बाबु, सुनिल लगायतको भूमिका रहेको छ र फिल्मलाई मिथ्री मुभी मेकर्सले निर्माण गरेको थियो ।

Published Date: 17 March 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी