पक्षाघातका बिरामीका लागि निःशुल्क औषधी नेपाल आयो

पक्षाघातका बिरामीका लागि निःशुल्क औषधी नेपाल आयो : Icon Khabar
प्रतीकात्मक तस्बिर

काठमाडौँ, चैत ४ । अमेरिकी च्यारिटी संस्था डाइरेक्ट रिलिफमार्फत नेपाललाई प्राप्त हुने पक्षाघात (स्ट्रोक) का बिरामीका लागि निःशुल्क औषधी आएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पक्षाघातका बिरामीका लागि महँगो र दुर्लभ औषधी नेपाल आइपुगेको जानकारी दिए । डाइरेक्ट रिलिफले पहिलो चरणमा ८०० भाइल ‘अल्टिप्लेस रिकम्बिनेन्ट २० मिलिग्राम औषधी नेपाल पठाएको हो ।

उनले मन्त्रालयले मापदण्ड बनाएर औषधी वितरण गर्ने जानकारी दिँदै पहिलो चरणमा वीर अस्पताललगायतका सरकारी र दोस्रो प्राथमिकतामा निजी अस्पतालमा वितरण गरिने बताए। उनले एक हप्ताभित्रमा औषधी वितरण गरिने जानकारी दिँदै पक्षाघातका बिरामी मन्त्रालयमा डेलिकेसन आएकाले मन्त्रालयले अमेरिकी संस्थासँग माग गरेको बताए ।

औषधीको एक मात्रा सेवन गरेमा धेरैको ज्यान जोगिने उनको भनाइ छ । उनले नेपालमा सहजै उपलब्ध हुनसमेत गाह्रो हुने सो औषधीको एक मात्राको मूल्य नेपालमा झन्डै एक लाख ६० हजार पर्ने बताए । सरकारी अस्पतालमा उपचाररत बिरामीका लागि निःशुल्क औषधी उपलब्ध गराउन दुई महिनाअघि गत ४ माघमा स्वास्थ्य मन्त्रालय र डाइरेक्ट रिलिफबिच सम्झौता भएको थियो । सोही अनुसार अहिले औषधी आएको हो ।

नेपालका न्युरो फिजिसियनसहितका विज्ञले दिएको सुझाव अनुसार औषधी आएको भन्दै उपचारमा संलग्न चिकित्सक र उपचार विवरण अनुसार एक वर्षमा करिब आठ सय भायल भए पुग्ने देखिएकोले वर्षदिनलाई पुग्ने गरी पहिलो पटक औषधी आएको हो । डा. बुढाथोकीले पाँच वर्षसम्म निःशुल्क औषधी उपलब्ध हुने जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 March 2025
Website | + posts


ताजा
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन
साइलेन्ट हार्ट अट्याक किन हुन्छ?
भारतको उत्तराखण्डमा आएको बाढीमा परी जाजरकोटका १३ जनाभन्दा बढी सम्पर्कविहीन




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुर झौखेलको हरियाली: असारमा रोपाइँ सकेपछि देखिएको रमणीय दृश्य (फोटो फिचर)