त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थापनमा कडाइ

हवाई टिकट भएका यात्रु र स्टाफ बाहेक अरूलाई एयरपोर्ट भित्र छिर्ने निषेध

त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थापनमा कडाइ : Icon Khabar

काठमाडौँ, फागुन २५ । पोखराबाट काठमाडौँ फर्किने तयारीमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्ने तयारी भएपछि त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको छ ।

हवाई टिकट भएका यात्रु र स्टाफ बाहेक अरूलाई एयरपोर्ट भित्र छिर्ने निषेध गरिएको छ ।

कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन नदिन विमानस्थल वरपरको सुरक्षा व्यवस्था पनि कडा पारिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगन्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारेको हो ।

राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईँ समूह लगायतले आज पोखराबाट काठमाडौँ फर्किन लागेका पूर्वराजालाई विमानस्थलमा स्वागत गर्ने तयारी गरेका हुन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

Published Date: 09 March 2025


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग