निफ्टीको गिरवटसँगै विश्वको सबैभन्दा खराब प्रदर्शन गर्ने सेयर बजार बन्यो भारत

निफ्टीको गिरवटसँगै विश्वको सबैभन्दा खराब प्रदर्शन गर्ने सेयर बजार बन्यो भारत : Icon Khabar

काठमाडौं, फागुन १८ । भारतको नेसनल स्टक एक्सचेन्ज (एनएसई) मा सूचीकृत ५० वटा ठूला कम्पनीहरुको प्रदर्शन मापन गर्ने निफ्टी ५० सूचकांकले लगातार ५ महिना मासिक घाटा व्यहोरेको छ । निफ्टीको मासिक घाटाको यो श्रंखला सन् १९९६ यताकै सबैभन्दा लामो भएको रोयटर्सले लेखेको छ ।

निफ्टीको गिरवटसँगै विश्वका प्रमुख बजारहरु मध्ये भारत सबैभन्दा खराब प्रदर्शन गर्ने सेयर बजार बनेको छ । कमजोर कर्पोरेट आम्दानी, निरन्तरको विदेशी लगानी बहिर्गमन र अमेरिकी भन्सार शुल्क सम्बन्धी अनिश्चितताका कारण निफ्टी सेप्टेम्बरको उच्चतम विन्दुबाट लगभग १५ प्रतिशतले तल झरेको छ । जसले गर्दा लगानीकर्ताको सम्पतिमा करिब ८५० खर्ब भारु (लगभग १० खर्ब डलर) को गिरावट आएको छ ।

अमेरिकाको भन्सार शुल्क सम्बन्धी अनिश्चितताको वर्तमान परिदृश्यमा भारतीय बजारहरुले थप संघर्ष गर्ने विश्लेषकहरुले बताएका छन् । सेप्टेम्बरको अन्त्यदेखि विदेशी लगानीकर्ताहरुले लगभग खुद २५ अर्ब डलरको भारतीय इक्विटी बेचेका छन् । जसमध्ये ४.१ अर्ब डलर बराबरको सेयर फेब्रुअरीमा बिक्री भएको थियो ।

ठूला भन्दा स्मल क्याप र मिड क्याप स्टकहरु बढी प्रभावित भएका छन् । फेब्रुअरीमा, निफ्टी स्मल क्याप र मिड क्याप सूचकांकहरु क्रमशः १३.२ प्रतिशत र ११.३ प्रतिशतले घटेका छन् । यी सूचकांकहरु गत वर्षको रेकर्ड उच्च विन्दुबाट क्रमशः २६ प्रतिशत र २२ प्रतिशतले तल आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 March 2025
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला