निफ्टीको गिरवटसँगै विश्वको सबैभन्दा खराब प्रदर्शन गर्ने सेयर बजार बन्यो भारत

निफ्टीको गिरवटसँगै विश्वको सबैभन्दा खराब प्रदर्शन गर्ने सेयर बजार बन्यो भारत : Icon Khabar

काठमाडौं, फागुन १८ । भारतको नेसनल स्टक एक्सचेन्ज (एनएसई) मा सूचीकृत ५० वटा ठूला कम्पनीहरुको प्रदर्शन मापन गर्ने निफ्टी ५० सूचकांकले लगातार ५ महिना मासिक घाटा व्यहोरेको छ । निफ्टीको मासिक घाटाको यो श्रंखला सन् १९९६ यताकै सबैभन्दा लामो भएको रोयटर्सले लेखेको छ ।

निफ्टीको गिरवटसँगै विश्वका प्रमुख बजारहरु मध्ये भारत सबैभन्दा खराब प्रदर्शन गर्ने सेयर बजार बनेको छ । कमजोर कर्पोरेट आम्दानी, निरन्तरको विदेशी लगानी बहिर्गमन र अमेरिकी भन्सार शुल्क सम्बन्धी अनिश्चितताका कारण निफ्टी सेप्टेम्बरको उच्चतम विन्दुबाट लगभग १५ प्रतिशतले तल झरेको छ । जसले गर्दा लगानीकर्ताको सम्पतिमा करिब ८५० खर्ब भारु (लगभग १० खर्ब डलर) को गिरावट आएको छ ।

अमेरिकाको भन्सार शुल्क सम्बन्धी अनिश्चितताको वर्तमान परिदृश्यमा भारतीय बजारहरुले थप संघर्ष गर्ने विश्लेषकहरुले बताएका छन् । सेप्टेम्बरको अन्त्यदेखि विदेशी लगानीकर्ताहरुले लगभग खुद २५ अर्ब डलरको भारतीय इक्विटी बेचेका छन् । जसमध्ये ४.१ अर्ब डलर बराबरको सेयर फेब्रुअरीमा बिक्री भएको थियो ।

ठूला भन्दा स्मल क्याप र मिड क्याप स्टकहरु बढी प्रभावित भएका छन् । फेब्रुअरीमा, निफ्टी स्मल क्याप र मिड क्याप सूचकांकहरु क्रमशः १३.२ प्रतिशत र ११.३ प्रतिशतले घटेका छन् । यी सूचकांकहरु गत वर्षको रेकर्ड उच्च विन्दुबाट क्रमशः २६ प्रतिशत र २२ प्रतिशतले तल आएका छन् ।

Published Date: 02 March 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी