माइक्रोसफ्टद्वारा स्काइप आगामी मे देखि बन्द हुने घोषणा

माइक्रोसफ्टद्वारा स्काइप आगामी मे देखि बन्द हुने घोषणा : Icon Khabar

काठमाडौँ, फागुन १८ । लाखौं ग्राहक भएको भिडियो–कलिङ ऐप स्काइप आगामी मे देखि बन्द हुने भएको छ । स्काइपको मालिक माइक्रोसफ्टले यस्तो घोषणा गरेको हो ।

कुनैबेला स्काइप विश्वकै चर्चित वेबसाइटका रुपमा रहेको थियो । यसको सहायताले मानिसहरुले आफ्नो कम्प्युटरबाट साथी तथा परिवारलाई भ्वाइस कल गर्न सक्थे । यस्तो सेवा प्रदान गर्ने स्काइप पहिलो तथा एकमात्रै कम्पनी भने थिएन । यद्यपी कम्पनीले आम सर्वसाधारणलाई एक कम्प्युटरबाट अर्को कम्प्युटरमा निःशुल्क कल गर्ने सुविधा उपलब्ध गराएको थियो । कम्पनीको यो अवधारण चर्चित भएको थियो ।

कम्पनीले एक्समा एक सूचना जारी गर्दै स्काइपका प्रयोगकर्ताले च्याटहरु र कन्ट्याक्टहरु जोडिरहन माइक्रोसफ्ट टीमसँग साइनअप गर्न सक्ने जनाएको छ ।

Published Date: 02 March 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग