काठमाडौँ, फागुन १८ । आज जनकपुरमा यो हिउँदको सबैभन्दा बढी तापक्रम हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जनकपुरमा सबैभन्दा बढी ३२ डिग्रीसम्म तापक्रम पुग्ने अनुमान गरिएको हो ।
यहाँको न्युनतम तापक्रम ३० डिग्री छ । यस्तै, विराटनगरको तामक्रम २९ देखि ३१ डिग्रीसम्म हुने जनाइएको छ ।
धरानको तापक्रम २८ देखि ३० डिग्रीसम्म रहेको महाशाखाको अनुमान छ । काठमाडौँको तापक्रम २२ देखि २४ डिग्रीसम्म रहेको छ । यस्तै सबैभन्दा कम तापक्रम जुम्लामा आज राती माइनस एक डिग्रीसम्म हुने महाशाखाको अनुमान छ । आज कुनै पनि सहरमा पानी पर्ने सम्भावना नदिएको महाशाखाले जनाएको छ ।
Published Date: 02 March 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1