समिर भट्टको ‘बलिदान’ २०८२ सालको फूलपातीमा रिलिज हुने

समिर भट्टको ‘बलिदान’ २०८२ सालको फूलपातीमा रिलिज हुने : Icon Khabar

काठमाडौं, फागुन १६ । अभिनेता समिर भट्टको मुख्य भूमिका रहेको ‘बलिदान’ फूलपातीमा रिलिज हुने निर्माण सन्तोष सेनले घोषणा गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमा चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गर्दै उनले रिलिज डेट घोषणा गरेका हुन् ।

‘हाल बलिदानुको सम्पूर्ण प्रोडक्सन कार्य सम्पन्न भइसकेको छ, र हामी पोस्ट प्रोडक्सन प्रक्रियामा प्रवेश गरेका छौँ । चलचित्रलाई अझ उत्कृष्ट बनाउन दक्षिण भारतीय फिल्म उद्योगका प्रविधि र सीपको उपयोग गर्दैछौँ, जसका कारण रिलिजमा केही समय लाग्ने देखिएको छ ।

दशैँको आसपास चलचित्रको सम्पूर्ण काम पूरा हुनेछ,’ सेनले लेखेका छन्, ‘दशैँको फूलपातीका दिन कालीमातालाई यो जगतलाई दुःख दिने दानवरुपीको नाममा बली चढाउने परम्परा रहिआएको छ ।

संयोगवश, बलिदानको कथामा कालीमाताका अगाडि दानवी प्रवृत्तिका शोषकहरूको बलि दिने भावना समेटिएको छ । यही सन्दर्भलाई आत्मसात् गर्दै, ‘बलिदान’ २०८२ सालको फूलपाती ९ असोज (३) मा रिलिज गर्ने निर्णय गरेका छौँ ।’

गत वर्षको फूलपातीमा समिर अभिनित ‘१२ गाउँ’ प्रदर्शनमा आएको थियो । जुन उनको पहिलो चलचित्र थियो । चलचित्रले करिब २५ करोडको व्यापार गरेको निर्माता, निर्देशक र अभिनेतासमेत रहेका विराज भट्टले बताएका छन् । त्यसबेला ‘१२ गाउँ’ दीपकराज गिरीको ‘छक्का पञ्जा ५’ सँग जुधेको थियो ।

‘बलिदान’ पनि अशोक शर्माको ‘डबल ट्रिपल’ सँग जुध्ने भएको छ । ‘डबल ट्रिपल’ मा दयाहाङ राई, केकी अधिकारी, मेरुना मगरलगायतको मुख्य भूमिका छ ।

Published Date: 28 February 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी