५ लाख ६४ हजार १ सय ट्याब्लेट ट्रामाडोल सहित दुई जना पक्राउ

५ लाख ६४ हजार १ सय ट्याब्लेट ट्रामाडोल सहित दुई जना पक्राउ : Icon Khabar

काठमाडौं, फागुन १३ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल ५ लाख ६४ हजार १ सय ट्याब्लेट सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा घर भएका ३८ वर्षीय साईमन बनवारी र ललितपुर महाङ्काल गाउँपालिका-४ बस्ने ३३ वर्षीय सुधिर लामिछाने रहेका छन् । साईमनलाई ५ लाख ३४ हजार १ सय ट्याब्लेट सहित काठमाडौं महानगरपालिका-४ टोखाबाट शुक्रबार र सुधिरलाई ३० हजार ट्याब्लेट ट्रामाडोल सहित काठमाडौं महानगरपालिका-१४ बाट बिहीबार पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published Date: 25 February 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली