५ लाख ६४ हजार १ सय ट्याब्लेट ट्रामाडोल सहित दुई जना पक्राउ

५ लाख ६४ हजार १ सय ट्याब्लेट ट्रामाडोल सहित दुई जना पक्राउ : Icon Khabar

काठमाडौं, फागुन १३ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल ५ लाख ६४ हजार १ सय ट्याब्लेट सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा घर भएका ३८ वर्षीय साईमन बनवारी र ललितपुर महाङ्काल गाउँपालिका-४ बस्ने ३३ वर्षीय सुधिर लामिछाने रहेका छन् । साईमनलाई ५ लाख ३४ हजार १ सय ट्याब्लेट सहित काठमाडौं महानगरपालिका-४ टोखाबाट शुक्रबार र सुधिरलाई ३० हजार ट्याब्लेट ट्रामाडोल सहित काठमाडौं महानगरपालिका-१४ बाट बिहीबार पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 February 2025
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न