शाहरुख खान, माधुरी दीक्षित र करिश्मा कपूरको सुपरहिट फिल्म ‘दिल तो पागल है’ पुन: प्रदर्शन हुने

शाहरुख खान, माधुरी दीक्षित र करिश्मा कपूरको सुपरहिट फिल्म ‘दिल तो पागल है’ पुन: प्रदर्शन हुने : Icon Khabar

काठमाडौँ, फागुन १३ । शाहरुख खान, माधुरी दीक्षित र करिश्मा कपूरको सुपरहिट फिल्म ‘दिल तो पागल है’ पुन: प्रदर्शन हुने भएको छ । यो फिल्म सन् १९९७ मा रिलिज भएको थियो । पहिलो रिलिजको २६ वर्षपछि अब यो फिल्म आगामी शुक्रबारदेखि पुन: भारतीय सिनेमा हलमा प्रदर्शन हुँदैछ ।

यशराज फिल्म्सले फिल्मको पुन: रिलिजको घोषणा गर्दै सामाजिक सञ्जालमा उल्लेख गरेको छ, ‘प्रेम, रोमान्सको युग फेरि फर्कँदैछ ।’ फिल्मको पुन: रिलिजको मिति सार्वजनिक भएपछि शाहरुखका प्रशंसकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

यो फिल्मको कथा र गीतबारे आजसम्म पनि चर्चा भइरहने गर्छ । यो फिल्मलाई यश चोपडाले निर्देशन गरेका थिए । त्यतिबेला बक्स अफिसमा निकै राम्रो व्यापार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 25 February 2025
Website | + posts
ताजा
सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक
स्वास्थ्य बीमा बोर्डले भुक्तानी रकम दिन नसकको अवस्थामा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए राजीनामा
नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा
टी २० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध