शाहरुख खान, माधुरी दीक्षित र करिश्मा कपूरको सुपरहिट फिल्म ‘दिल तो पागल है’ पुन: प्रदर्शन हुने

शाहरुख खान, माधुरी दीक्षित र करिश्मा कपूरको सुपरहिट फिल्म ‘दिल तो पागल है’ पुन: प्रदर्शन हुने : Icon Khabar

काठमाडौँ, फागुन १३ । शाहरुख खान, माधुरी दीक्षित र करिश्मा कपूरको सुपरहिट फिल्म ‘दिल तो पागल है’ पुन: प्रदर्शन हुने भएको छ । यो फिल्म सन् १९९७ मा रिलिज भएको थियो । पहिलो रिलिजको २६ वर्षपछि अब यो फिल्म आगामी शुक्रबारदेखि पुन: भारतीय सिनेमा हलमा प्रदर्शन हुँदैछ ।

यशराज फिल्म्सले फिल्मको पुन: रिलिजको घोषणा गर्दै सामाजिक सञ्जालमा उल्लेख गरेको छ, ‘प्रेम, रोमान्सको युग फेरि फर्कँदैछ ।’ फिल्मको पुन: रिलिजको मिति सार्वजनिक भएपछि शाहरुखका प्रशंसकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

यो फिल्मको कथा र गीतबारे आजसम्म पनि चर्चा भइरहने गर्छ । यो फिल्मलाई यश चोपडाले निर्देशन गरेका थिए । त्यतिबेला बक्स अफिसमा निकै राम्रो व्यापार गरेको थियो ।

Published Date: 25 February 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु