बिहीबारदेखि काठमाडौंमा पानी पर्ने सम्भावना

बिहीबारदेखि काठमाडौंमा पानी पर्ने सम्भावना : Icon Khabar

काठमाडौँ, फागुन १३ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ।

मंगलबार र बुधबार सामान्यतया मौसम सफा रहने मौसमविद् विनोद पोखरेलले जानकारी दिएका छन्। मौसम पूर्वानुमान महाशाखाले मंगलबार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको औंल्याएको छ।

मौसमविद् पोखरेलले बिहीबार र शुक्रबार पश्चिमी वायु पुनः सक्रिय हुने बताएका छन्। यसले पश्चिम नेपालमा उल्लेखनीय वर्षा गराउने पनि उनले बताए।

यो प्रणालीले काठमाडौंमा पनि हिउँदको पहिलो वर्षा हुने सम्भावना रहेको उनले बताए।

मंसिर १६ देखि फागुन १३ गतेसम्मको अवधिमा काठमाडौंमा एक झर पानी परेको छैन। पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुसमेतका प्रभावले सोमबार कोशीका तराई भूभागमा मध्यम वर्षा भएको थियो। पश्चिम नेपालमा पनि यसपालि हल्कादेखि मध्यम वर्षा भएको छ।

तथापि यसपटक औसतभन्दा कम पानी परेको छ। मंसिर १६ देखि फागुन १६ सम्मको अवधिलाई हिउँद याम भनिन्छ। यो अवधिमा ६०.१ मिलिमिटर सरदर वर्षा हुने गरेको महाशाखाले जनाएको छ।

तर अहिलेसम्म ८.६० मिलिमिटर मात्रै वर्षा भएको छ। १४.३ प्रतिशत मात्रै हिउँदे वर्षा हुँदा सुख्खा लागेको छ। यसले डढेलो बढ्ने, वायुमण्डलमा धुवाँ, धुलो थुप्रँदा वायु अस्वस्थकर हुने लगायत समस्या देखिने विज्ञहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 February 2025
Website | + posts




ताजा
जेनजी आन्दोलनको क्रममा प्रहरी जवानको हत्या आरोपमा थप दुई जना पक्राउ
मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले सस्तियो
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको संकेत


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने