के बीपी राजमार्ग पुनर्निर्माणमा जापानले सहयोग गर्ला ?

के बीपी राजमार्ग पुनर्निर्माणमा जापानले सहयोग गर्ला ? : Icon Khabar

काठमाडौँ, फागुन ११ । बीपी राजमार्ग पुनर्निर्माणमा सहयोग गर्न जापान सकारात्मक देखिएको छ । गत असोजको दोस्रो साताको बाढी पहिरोका कारण क्षति पुगेको उक्त राजमार्ग पुनर्निर्माण गर्न जापान सकारात्मक देखिएको सडक विभाग स्रोतले बताएको छ ।

सोमबार जाइकाको टोलीले भौतिक पूर्वाधार यातायात मन्त्रालय र विभागसँग थप छलफल गर्ने कार्य तालिका छ । सो छलफलले सबै विषय टुङ्गो लाग्ने विभाग स्रोतको भनाइ छ ।

उक्त विषय टुङ्गो लागेपछि स्थायी पुनर्निर्माणका लागि ठेक्का आह्वान हुने विभाग स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 February 2025
Website | + posts