कच्चा तेलको मूल्य ३ प्रतिशतले घट्यो

कच्चा तेलको मूल्य ३ प्रतिशतले घट्यो : Icon Khabar

काठमाडौँ, फागुन ११ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ३ प्रतिशतले घटेको छ । मध्यपूर्वमा रिस्क प्रिमियमको जोखिम कम भएसँगै र युक्रेनमा सम्भावित शान्ति सम्झौताको अनिश्चितताका कारण अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको हो ।

पछिल्लो कारोबारमा डब्लूटीआई क्रुडको मूल्य २.८७ प्रतिशत अर्थात २.०८ डलरले घटेको छ । यो गिरावटसँगै डब्लूटीआई क्रुडको मूल्य प्रतिब्यारेल ७०.४० डलर कायम भएको छ ।

यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि २.६८ प्रतिशत अर्थात २.०५ डलरले घटेको छ । अहिले अन्तराष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७४.४३ डलरमा कारोबार भईरहेको छ ।

गाजामा भएको युद्धविरामका कारण तुलनात्मक रुपमा मध्यपूर्व शान्त बनेका कारण बजारमा जोखिम कम भएको छ । जसको प्रभाव तेलको मूल्यमा परेको विश्लेषकहरुले बताएका छन् ।

Published Date: 23 February 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु