कच्चा तेलको मूल्य ३ प्रतिशतले घट्यो

कच्चा तेलको मूल्य ३ प्रतिशतले घट्यो : Icon Khabar

काठमाडौँ, फागुन ११ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ३ प्रतिशतले घटेको छ । मध्यपूर्वमा रिस्क प्रिमियमको जोखिम कम भएसँगै र युक्रेनमा सम्भावित शान्ति सम्झौताको अनिश्चितताका कारण अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको हो ।

पछिल्लो कारोबारमा डब्लूटीआई क्रुडको मूल्य २.८७ प्रतिशत अर्थात २.०८ डलरले घटेको छ । यो गिरावटसँगै डब्लूटीआई क्रुडको मूल्य प्रतिब्यारेल ७०.४० डलर कायम भएको छ ।

यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि २.६८ प्रतिशत अर्थात २.०५ डलरले घटेको छ । अहिले अन्तराष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७४.४३ डलरमा कारोबार भईरहेको छ ।

गाजामा भएको युद्धविरामका कारण तुलनात्मक रुपमा मध्यपूर्व शान्त बनेका कारण बजारमा जोखिम कम भएको छ । जसको प्रभाव तेलको मूल्यमा परेको विश्लेषकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 February 2025
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न