मित्रकुञ्जबाट “नेपालको संस्कृति र सम्पदाको पहिचान” संवाद कार्यक्रम

मित्रकुञ्जबाट “नेपालको संस्कृति र सम्पदाको पहिचान” संवाद कार्यक्रम : Icon Khabar

काठमाडौँ, फागुन ११ । गत बिहिवार मित्रकुञ्जको थिङक ट्यांक कमिटी द्वारा “नेपालको संस्कृति र सम्पदाको पहिचान” संवाद कार्यक्रम आयोजन भयो । रुसी सदन काठमाण्डौमा भएको उक्त कार्यक्रमको उदघोषण मित्रकुञ्जका महासचिव कर्णेल (रिटायर्ड) ई. सन्जय श्रेष्ठले गरेका थिए ।

मित्रकुञ्जका उपाध्यक्ष तथा थिङक ट्यांक कमिटी सदस्यसचिव ई. रामविन्दु श्रेष्ठले सोभियत रुसबाट अध्ययन गरेका विज्ञहरुले विगत ६५ वर्ष देखि मुलुकको शिक्षा, सस्थ, इन्जिनियरिंग आदि क्षेत्रमा योगदान गर्दै आइरहेको र यो हजारौ विज्ञहरुको पुञ्ज मित्रकुञ्ज आफैमा राष्ट्रको यौटा थिङक ट्यांक भएको भन्दै कार्यक्रमको महत्व र प्रस्तुतकर्ताहरुको परिचय दिए।

कार्यक्रमको सूरुमा वरिष्ठ इन्जिनियर एवं बहुआयामिक विज्ञ इन्जिनियर बदन लाल न्याछ््यो ज्यूले मुलुकको सम्पदाको वस्तुस्थिति बारे प्रकाश पारे । उनले स्वयम्भूले दुइ आँखाको अर्थ उसले नझिम्काइकन हाम्रा गतिविधिहरु नियालिरहेका छन् । नेपाल बौद्धयान, शैवयान, वैष्णवान सबै मिलेर उपत्यकालाई बस्न योग्य बनाउन सहअस्तित्वको अभ्यास गरेको देश हो, संसारमा कहिँ नभएको मूल्य मान्यता भएको देशको सम्पदालाई संरक्षण गर्नुपर्छ भने।

सरकार र सरोकालवालाहरुको बेवास्ताबाट अलपत्र नमूनाहरुको दृष्टान्त प्रस्तुत गर्दै न्याछ्योले ‘जीवन्त प्रमाण नष्ट गरी इतिहास मेटाउने देश बन्न दिनु हुदैन’, सम्पदाको खरानी माथि विकास उभिन नसक्ने बताए । उनले रानी पोखरी मन्दिरमा प्रताप मल्लले बनाएको यो नै हो भन्ने कुरा अब के बाँकी छ र ? काठमाण्डौका मन्दिरहरु जोखिममा रहेको र युनेस्कोले समेत उपत्यकालाई विश्व सम्पदा सूचीबाट हटाउन सकिने बारम्बार चेतावनी दिइरहेको भन्दै संस्कृति र सम्पदा संरक्षणका कमी कमजोरीहरुको विश्लेषण प्रस्तुत गरे।

सम्पदा संरक्षणका लागि निर्माण व्यवसायी छनौट गर्दा योग्यताभन्दा ठेक्कापट्टा घटाघट गर्ने प्रणाली घातक रहेको, धेरै विश्वप्रसिद्ध सम्पदाहरु पुनःनिर्माण गर्दा हचुवाको आधारमा गरिएकाले तिनले आफ्नो मूल स्वरुप गुमाएको सन्दर्भमा यसले “कुनै राष्ट्रलाई खत्तम पार्नु छ भने पहिले त्यसको संस्कृतिलाई नष्ट गर” भन्ने कर्णेल डेनियलको कथनलाई त चरितार्थ गर्दैन भने।

उपत्यकाकै तीन नगरपालिकाहरु बीच समन्वयको अभाव भएको , सार्क सम्मेलनको क्रममा बहुमूल्य मूर्तीहरु सफा गर्दा एसिड प्रयोग गरी चिरा परेको कुराहरु पाठको रुपमा लिनुपर्छ वहाँको कथन थियो । यसक्रममा वहाँले पुराना सम्पदाको पुनउत्र्थान गर्दा नोट्रेडाम फ्रान्स र कोरियाको र नेपालको चण्डेश्वरी मन्दिर र पुल्चोकको पाटीबाट पाठ सिक्नुपर्ने बताए।

कार्यक्रमको बीचमा रुसी सदनकी पुस्तकालय विभाग प्रमुख भावना न्यौपानेले पुस्तकालय र सास्कृतिक सम्पदा संरक्षण सम्बन्धि हालैमात्र आफुले हासिल गरेको अन्तराष्ट्रिय सेमिनारका अनुभव सहभागीहरुलाई सुनाए।

थिङक ट्यांक कमिटीका संयोजक काठमाडौं विश्वविद्यालयका प्रोफेसर डा गजेन्द्र शर्मा ज्यूले दुवै विद्वत वर्गको भनाइ लाई संस्लेषण गर्दै निचोडात्मक प्रस्तुति संगै धन्यवाद ज्ञापन गरे।

कार्यक्रमको अन्त्यमा मित्रकुञ्ज अध्यक्ष सुष्मा खत्री रन्जितले दुबै प्रस्तोतालाई मायाको चिनो प्रदान गरे।

Published Date: 23 February 2025




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न