एप्पलले सार्वजनिक गर्यो आइफोन १६–ई

एप्पलले सार्वजनिक गर्यो आइफोन १६–ई : Icon Khabar

काठमाडौँ, फागुन ८ । एप्पलले आइफोन १६–ई सार्वजनिक गरेको छ। कम्पनीले दाबी गरेअुनसार यसमा उच्च क्षमताको ब्याट्री प्रयोग गरिएको छ।

कम्पनीका अनुसार आइफोन १६–ई मा एप्पल इन्टेलिजेन्स फिचर समावेश गरिएको छ। यो फोनमा ६.१ इञ्चको सुपर रेटिना डिस्प्ले जडान गरिएको छ। त्यस्तै, पछाडि ४८ मेगापिक्सल क्यामरा जडान गरिएको छ भने अगाडि १२ मेगापिक्सल क्यामरा छ।

यो फोनमा आइओएस १८ सफ्टवेयर जडान गरिएको छ। भारतीय सञ्चार माध्यमका अनुसार कम्पनीले आइफोन एस–ई सिरिजको सट्टा ई सिरिज सार्वजनिक गरेको हो।

यो फोन १२८ जिबी, २५६ जिबी र ५१२ जिबी क्षमतामा पाइनेछ। यसको मूल्य क्रमशः भारू ५९ हजार ९ सय, ६९ हजार ९ सय र ८९ हजार ९ सय तोकिएको छ।

यो फोन ग्राहकले कालो र सेतो गरी दुई रंगमा किन्न पाउँनेछन्।

Published Date: 20 February 2025
Website | + posts




















ताजा
विकिनीमा प्रियंका कार्की, समुद्री तटबाट लेखिन्– ‘समुद्री किनारले बोलाइरहेको छ, म त जानैपर्छ’
सीमापारिको स्वर, नेपाली मनकी प्रिय गायिका : साधना सरगम
सात वर्षदेखि नेपालको पर्यटन क्षेत्र ठप्पजस्तै, २०१९ कै पर्यटक आगमनको रेकर्ड तोड्न चुनौती
एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र काठमाडौं–विराटनगर भिड्दै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक