त्रिवि सेवा आयोगले माग्यो ७ सयभन्दा बढी कर्मचारी

त्रिवि सेवा आयोगले माग्यो ७ सयभन्दा बढी कर्मचारी : Icon Khabar

काठमाडौं, फागुन ६ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न निकायका लागि त्रिवि सेवा आयोगले ७ सयभन्दा बढी कर्मचारी माग गरेको छ । आयोगले आज एक सूचना जारी गरी ठूलो संख्यामा आन्तरिक तथा खुला प्रतिस्पर्धाका लागि कर्मचारी दरखास्त आह्वान गरेको हो ।

आयोगले शाखा अधिकृतदेखि कार्यालय सहायकसम्मको पदका लागि आवेदन खुलाएको हो । आयोगले प्राविधिक र अप्राविधिक दुवै पदका लागि विज्ञापन खुला गरेको छ ।

आवेदनका लागि अधिकृत तृतीयस्तरका लागि २ हजार ८ सय रुपैयाँ, मुख्य सहायक प्रथमका लागि २ हजार रुपैयाँ, सहायक द्वितीय पदका लागि १ हजार ५ सय रुपैयाँ र थप समोवशी पदका लागि २० प्रतिशत दस्तुर अनलाइनमार्फत बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

आयोगले चैत ११ गतेसम्म तोकिएको तस्तुरमा र चैत १८ गतेसम्म दोब्बर दस्तुरमा आयोगको बेवसाइटबाट दरखास्त दिन सक्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 18 February 2025
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न