त्रिवि सेवा आयोगले माग्यो ७ सयभन्दा बढी कर्मचारी

त्रिवि सेवा आयोगले माग्यो ७ सयभन्दा बढी कर्मचारी : Icon Khabar

काठमाडौं, फागुन ६ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न निकायका लागि त्रिवि सेवा आयोगले ७ सयभन्दा बढी कर्मचारी माग गरेको छ । आयोगले आज एक सूचना जारी गरी ठूलो संख्यामा आन्तरिक तथा खुला प्रतिस्पर्धाका लागि कर्मचारी दरखास्त आह्वान गरेको हो ।

आयोगले शाखा अधिकृतदेखि कार्यालय सहायकसम्मको पदका लागि आवेदन खुलाएको हो । आयोगले प्राविधिक र अप्राविधिक दुवै पदका लागि विज्ञापन खुला गरेको छ ।

आवेदनका लागि अधिकृत तृतीयस्तरका लागि २ हजार ८ सय रुपैयाँ, मुख्य सहायक प्रथमका लागि २ हजार रुपैयाँ, सहायक द्वितीय पदका लागि १ हजार ५ सय रुपैयाँ र थप समोवशी पदका लागि २० प्रतिशत दस्तुर अनलाइनमार्फत बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

आयोगले चैत ११ गतेसम्म तोकिएको तस्तुरमा र चैत १८ गतेसम्म दोब्बर दस्तुरमा आयोगको बेवसाइटबाट दरखास्त दिन सक्ने जनाएको छ ।

Published Date: 18 February 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु