राष्ट्र बैंकले आज पनि बजारबाट ४० अर्ब रुपैयाँ तान्ने

राष्ट्र बैंकले आज पनि बजारबाट ४० अर्ब रुपैयाँ तान्ने : Icon Khabar

काठमाडौँ, फागुन ६ । बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत आज ४० अर्ब रुपैयाँ प्रशोचनको गर्न लागेको हो ।

बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट २२ दिनका लागि निक्षेप सङ्कलन गर्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो २ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी फागुन २८ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्ने गर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।

Published Date: 18 February 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु